विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर (भिडिओ) – Nepal Press

विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर (भिडिओ)

काठमाडौं, ६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन् ।

शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरुको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भएपनि नेपाल ल्याउने पहल भइरहेको बताए ।

ऐन कानून नभएपनि मानव संवेदनशिलताका हिसाबले राज्यले शव ल्याउने उनको भनाई छ । त्यस्तै, उनले विदेश जाने श्रमिकहरुलाई ठगी हुनबाट रोकिने स्पष्ट पारे ।

सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदै वैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उनले बताए । उनले विदेशबाट श्रम र सिप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरुको पूँजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *