कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायाधीश छन् : अध्यक्ष ओली (भिडिओ) – Nepal Press

कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायाधीश छन् : अध्यक्ष ओली (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायाधीश रहेको दाबी गरेका छन् ।

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले न्यायालयलगायत विभिन्न स्थानमा कांग्रेसका मान्छेहरु रहेपनि राजीनामा दिएको कहिल्यै नसुनेको बताए ।

उनले रिटायर भइसकेका मान्छेलाई फकाई पदमा राखेर कांग्रेसले मुलुकमा बेतिथि खडा गरेको आरोप लगाए । एमालेले गर्भनर र एम अधिकारी फरक व्यक्ति भएको भन्दा भन्दै पनि कांग्रेसले एम अधिकारी खोजेको खोजै गरेको उनको भनाइ छ । ओलीले अहिलेको बजेट भ्रष्ट बजेट भएको फुटेज हटाउनुले नै पुष्टि भएको तर्क गरे ।

त्यस्तै, उनले चूनावलाई लक्षित गर्दै सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप समेत लगाए । उनले मुलुकको आर्थिक अवस्था समस्यामा परेको भन्दै न्युनतम आधारभूत वस्तुहरु स्वदेशमा नै गर्नुपर्ने धारणा राखे ।

उनले एमालेले सदैव निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको स्पष्ट पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर