माधव नेपालले भने- पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं (भिडिओ) – Nepal Press

माधव नेपालले भने- पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं (भिडिओ)

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् ।

नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन् ।उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।

उनले भने,‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ । अरु भन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुनेछ ।’

उनले कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुलाएको समेत बताए । उनले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपालले भने- पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं (भिडिओ)

  1. मोदीबाट दिक्षित भएर भन्ने त प्रमाणित नै भयो नागरिकता विधेयक पछि कहाँको पुष्पलाल?

  2. ठग एक नं को भारतीय दलाल अझैसम्म ठूलो कुरा गर्दै छ राजनीति को एन नं फटाहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर