प्रेस युनियन चुनाव : १२१ पदका लागि २०७ जना मैदानमा (सूचीसहित) – Nepal Press

प्रेस युनियन चुनाव : १२१ पदका लागि २०७ जना मैदानमा (सूचीसहित)

हेटौँडा । नेपाल प्रेस युनियनको नयाँ नेतृत्वको लागि आज हेटौँडामा मतदान हुँदैछ । युनियनको नयाँ नेतृत्वमा संस्थापन पक्ष र संस्थापन इत्तर पक्षबाट अध्यक्षसहित अन्य पदका लागि आज मतदान हुँदैछ ।

अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा हुँदैछ ।अन्तिम नामावली अनुसार १२१ पदको लागि २०७ जनाले उम्मेदवारी दिएका छन् ।

हालसम्म ३२ जना निर्विरोध चयन भएका छन् भने बाँकी रहेका पदहरूमा मतदान हुँदैछ । युनियनको देशभरका १ हजार ६ सय ३० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर