एमाले प्रवेश गरेपछि दाहालले भने: जबजको संकल्पमा अघि बढेर कर्णालीको कायापलट गरौं – Nepal Press

एमाले प्रवेश गरेपछि दाहालले भने: जबजको संकल्पमा अघि बढेर कर्णालीको कायापलट गरौं

सुर्खेत । विवेकशील साझा पार्टीबाट नेकपा एमाले प्रवेश गरेका गेहेन्द्रप्रसाद दाहालले नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने बताउँदै त्यतातर्फबाट अब अग्रसर हुनुपर्ने बताएका छन् ।

उनले बलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनुपर्ने बताउँदै पार्टीमा सशक्त ढंगले अघि बढने संकल्प समेत गरे ।

‘गरिबको चुलोमा आगो बलेको छ कि छैन भन्ने सोचेर अघि बढने विचार नै जबज हो । जबजको सहि कार्यान्वयन गर्न सकेमात्रै नेपालका नौला तानाशाहलाई तह लगाउन सकिन्छ ।’ उनले भने, ‘पद धेरै पाएको थिए । काम गर्ने जिम्मेवारी खोजेको थिएँ । २०७४ मा मेयरको उम्मेदवारी तय गर्दै गर्दा मेरो पक्षमा धेरैले मतदान गर्नु भएको थियो । आजको हैसियत तपाईहरुले निर्माण गर्नु भएको हो । भविष्यमा पनि हैसियत निर्माणमा यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ ।’

उनले विकृति र विसंगितका विरुद्ध आवाज उठाउने कुरा होस या सवैंधानिक राजतन्त्र सम्मका कुरा हुन सधैं एमाले अग्र भागमा रहेको कुरा स्मरण गर्दै जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्ने संकल्पका साथ आफू सहित कर्णालीका दश जिल्लाका नेता कार्यकर्ता एमालेमा होमिएको बताए ।

‘म सँग एमालेमा समायोजना हुन आएका साथीहरु पुंजीवादी सोचका छैनन् । उहाँहरु सबै समाजवादी विचारक हुन ।’ उनले भने, ‘विगत हेरेर भन्दा पनि वर्तमान हेरेर मुल्यांकन गर्दै सबैले समाजवादी यात्रा सुरु गर्न आवश्यक देखिएको छ ।’

उनले कर्णालीको अभाव र पीडाको विरोधमा फेरि विद्रोह हुनसक्ने बताउँदै यी कर्णालीका समस्यालाई समाधान गर्न हामी सबै लाग्नुपर्ने अवस्था आएको बताए ।

पुंजीवादी विचारको नेतृत्व काँग्रेसलगायतका दलहरुले गरेको र अर्को विचारको नेतृत्व नेकपा एमालेले गरेको बताउँदै उनले त्यो मध्ये समाजवादी बिचार नै महत्वपूर्ण भएको दाबी गरे । ‘कर्ममा, नतिजामा विश्वास गर्ने मेरो आफ्नो बानी छ ।’ उनले भने, ‘म कर्म गरेर नै रमाउँछु । जनताको एमालेमै रहेर सेवा गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर