देउवा लक्षित रविको टिप्पणी- ज्योतिष तिम्रा हुनेछन्, भाग्य हाम्रो चम्किनेछ (भिडिओ) – Nepal Press

देउवा लक्षित रविको टिप्पणी- ज्योतिष तिम्रा हुनेछन्, भाग्य हाम्रो चम्किनेछ (भिडिओ)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुलाई मंसिरको चुनावको तीब्र प्रतीक्षा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने दाबी गरेका छन् ।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताए । उनले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउन आफू राजनीतिमा आएको भन्दै मंसिरको चुनाव अधैर्यसाथ पर्खिएको बताए ।

लामिछानेले भने, ‘तिम्रा ज्योतिष देखाएर मिति तोक । ज्योतिषा तिम्रो हुनेछ, भाग्य हाम्रो खुल्नेछ । ज्योतिषले मिति तोक्नेछन्, जनताले भाग्यको फैसला गर्नेछन् । सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको तीब्र प्रतीक्षामा छु । तिम्रा ज्योतिषले चुनावको मिति तोक्नेछन्, भाग्य हाम्रो चम्किनेछ ।’

भेलामा पार्टीका प्रवक्ता डा मुकुल ढकाल, जीता बराललगायत विभिन्न जिल्लाका सहभागीले स्वतन्त्र पार्टी अभियानको बारेमा धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *