रुपन्देहीमा कल सेन्टरको आवरणमा ब्ल्याकमेलिङ गर्ने २१५ युवायुवती पक्राउ – Nepal Press

रुपन्देहीमा कल सेन्टरको आवरणमा ब्ल्याकमेलिङ गर्ने २१५ युवायुवती पक्राउ

भारतीय र चिनियाँ नागरिकको पनि लगानी

रूपन्देही । सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले २१५ युवायुवतीलाई पक्राउ गरेको छ । यस्तो कारोबार हुने तिलोत्तमा नगरपालिका- २ को एक ‘कल सेन्टर’ मा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जानकीनगरको चार तले घरमा तीनवटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काई बिजनेस सोल्युशन प्रालिमा छापा मारिएको हो ।

‘कल सेन्टर’ मा तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

‘सञ्चालक भारतीय नागरिकको घर तथा कोठा पनि खानतलासी हुँदैछ । अहिले मुचुल्का गर्ने काम भइरहेको छ । त्यसपछि थप विवरणको आधारमा छानबिनका आधारमा कारबाही बढ्नेछ’, केसीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *