वीरगन्जमा ४ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या
काठमाडौं। पर्साको वीरगन्जमा ४ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । बालिकाको हत्या आरोपमा १२ वर्षीय बालकसहित ३ जना पक्राउ परेका छन् । एक जना भने फरार रहेका पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए ।
साउन ५ गते साँझ ७ बजेदेखि हराएकी बालिकाको शव शनिवार बिहान वीरगन्ज महानगरपालिका-२ छप्कैयास्थित खाली जग्गामा भेटिएको थियो ।
सुरुमा १२ वर्षका बालक पक्राउ परेका थिए भने उनको बयानका आधारमा अन्य तीन जना पनि संलग्न रहेको दाबी प्रहरीको छ । प्रहरीले स्थानीय जफ्रुदिन भन्ने १९ वर्षीय सलमान खान र वीरगन्ज महानगरपालिका-१६ बस्ने १८ वर्षीय सलमान खानलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामाथि अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको घरभन्दा दुई तीन सय मिटर पर रहेको झाडीमा लगेर सामूहिक बलात्कारपछि हत्या भएको प्रहरीको दाबी छ।