नागरिकता विधेयकको विरोधमा धनगढीमा प्रदर्शन – Nepal Press

नागरिकता विधेयकको विरोधमा धनगढीमा प्रदर्शन

कैलाली । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटी र अनेरास्ववियु धनगढी उपमहानगर कमिटीद्वारा संयुक्त रूपमा नागरिकता ऐन संशोधन विधेयकको विरोधमा प्रदर्शन गरिएको हो ।

मुख्यमन्त्री कार्यालय अघि राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूले गठबन्धनको सरकारले जनतालाई राहत दिनु भन्दा आहत दिएको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले राँके जुलुस र नाराबाजी समेत गरेका थिए ।

प्रदर्शन पछि कोण सभामा राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीका संयोजक अभिषेक नाथ (लोक) र अनेरास्ववियु धनगढी उपमहानगर कमिटीका संयोजक नितिष जोशीले नेपाली जनताको लागि वर्तमान सरकारको विकल्प आवश्यक रहेको बताएका थिए ।

उनीहरूले नागरिकता ऐन संशोधन विधेयक संशोधन नभए सम्म आन्दोलन गर्ने पनि चेतावनी दिए ।

२२ साउन २०७५ मा प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक सरकारले २१ असारमा फिर्ता लिएर नयाँ नागरिकता विधेयक दर्ता गरेको थियो । जसलाई शुक्रवार प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।

अब राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानुनका रूपमा कार्यान्वयन हुनेछ ।

राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आयोजना गरेको विरोध कार्यक्रममा प्रतिनिधि सभाले पारित गरे पनि राष्ट्रिय सभाले पारित गर्न नहुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर