म्यानमारको सैन्य सरकारले ४ अभियन्ताहरूलाई मृत्युदण्डको सजाय सुनायो – Nepal Press

म्यानमारको सैन्य सरकारले ४ अभियन्ताहरूलाई मृत्युदण्डको सजाय सुनायो

काठमाडौं । म्यानमारको सैन्य सरकारले ४ जना लोकतान्त्रिक अभियन्ताहरुलाई मृत्युदण्डको सजाय सुनाएको छ । सजाय पाउनेमा पूर्व विधायक फायो जियो थ, लेखक तथा अभियन्ता जिम्मी को, हला मायो आंग र आंग थुरा ज रहेका छन् ।

उनीहरूलाई आतंकवादी काम गरेको आरोपमा मृत्युदण्ड तोकिएको हो । उनीहरू विरुद्ध गत जुनमा नै मृत्युदण्डको घोषणा गरिएको थियो यद्यपि अन्तर्राष्ट्रिय समुदायको चर्को आलोचना पश्चात् केही समय उक्त घोषणा स्थगित भएको थियो ।

२०२१ को सैन्य विद्रोहपछि उनीहरूले लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए । आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) को नेतृत्वमा प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्त गर्दै म्यानमारमा सैन्य शाषण सुरु भएको हो ।

सैन्य शासनको विरुद्धमा संघर्ष गर्दै आएको ‘द स्याडो नेशनल युनिटी ग्रुप अफ म्यानमार’ले मृत्युदण्डको उक्त घोषणा अत्यन्तै अप्रत्याशित एवम दुखदायी भएको बताएको छ ।

अन्तर्राष्ट्रिय समुदायलाई चरम ज्यादतीका विरुद्ध आवाज उठाउन आग्रह गरेको उसले बीबीसीले जनाएको छ ।

म्यानमार सरकारद्वारा सञ्चालित ग्लोबल न्यूज लाइट अफ म्यान्मारले उनीहरूले क्रूर र अमानवीय आतंककारी कार्यका लागि निर्देशन दिएको र देश विरुद्ध षड्यन्त्र गरेको आरोपमा मृत्युदण्ड दिन लागिएको जनाएको छ ।

उनीहरूलाई कहाँ, कहिले र कसरी मृत्युदण्ड दिइँदै छ भन्ने बारे भने कुनै सूचना सार्वजनिक गरिएको छैन ।

मृत्युदण्ड सुनाइएका परिवारका सदस्यहरूले हाल यस बारेमा बुझ्ने प्रयास गरिरहेको जनाइएको छ । फायो कि श्रीमतीले रोयटर्सलाई जानकारी गराए अनुसार हालसम्म उनलाई मृत्युदण्डको बारे केही जानकारी गराइएको छैन ।

म्यानमारमा सन् १९८८ पश्चात्को यो पहिलो मृत्युदण्ड सजाय हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर