चिनियाँले चलाएका कल सेन्टरमा प्रहरीको निरन्तर अप्रेसन, बुटवलपछि काठमाडौंमा पनि छापा
नेपाल प्रेस
२०७९ साउन ९ गते १५:१३
काठमाडौं । प्रहरीले काठमाडौंको गैह्रिगाउँस्थित एक कल सेन्टरमा छापा मारेको छ ।
चिनियाँ समूहले चलाएको कल सेन्टरमा छापा मारिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । ‘घटनाको विवरण आइसकेको छैन’, उनले भने ।
यसअघि आइतबार बुटवलमा प्रहरीले कल सेन्टरमा छापा मारेर करिब एक सय ५० जनालाई नियन्त्रणमा लिएको थियो ।
कल सेन्टरबाट ठगी भइरहेको उजुरी आएपछि प्रहरीले ती ठाउँमा अप्रेसन चलाएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर