कोरोना बढेको भन्दै मन्त्री लामाको चिन्ता – Nepal Press

कोरोना बढेको भन्दै मन्त्री लामाको चिन्ता

हेटौंडा । वागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वागमती प्रदेशमा कोराना भाइरस संक्रमण बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आज वागमती प्रदेश सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री लामाले पछिल्लो केही दिन यता कोरोना संक्रमण बढेको र सचेत हुनुपर्ने बताए ।

उनले पछिल्लो समय कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको उपप्रजाती विश्वभर फैलदै गरेको बताउँदै नेपालमा पनि संक्रमण दर बढीरहेको बताए । पछिल्लो दिनहरुमा प्रदेशमा दैनिक २ सय ३४ जनामा कोरोना संक्रमण हुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

मन्त्री लामाले संक्रमण दर नियन्त्रण गर्नको लागि प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा कोभिड विरुद्धको खोप अभियान तीव्र रुपमा संचालन गरिरहेको बताए ।

‘२०७८ साल भित्रमा सम्पूर्ण लक्षित जनतालाई कोभिड–१९ विरुद्धको २ मात्रा खोप उपलब्ध गराउने घोषणा गरे अनुरुप बागमती प्रदेश भित्र सतप्रतिशत लक्षित जनसमुदायलाई कोभिड–१९ विरुद्धको खोप पुर्‍याउन सफल भएकोमा सम्पूर्ण खटिने स्वास्थ्यकर्मीहरु र सहयोग पुर्‍याउनु हुने जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र आम–नागरिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु’, मन्त्री लामाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर