एलन मस्कविरुद्धको मुद्दामा ट्विटरलाई पहिलो सफलता – Nepal Press

एलन मस्कविरुद्धको मुद्दामा ट्विटरलाई पहिलो सफलता

काठमाडौं । ४४ अर्ब डलरमा ट्विटरको ९.२ प्रतिशत शेयर खरिद गर्ने घोषणा गरेर पछि हटेका विश्वका धनाढ्य एलन मस्कविरुद्धको मुद्दामा ट्विटरले पहिलो सफलता हात पारेको छ । अदालतले ट्विटर र मस्कबीचको उक्त मुद्दा ‘फास्ट ट्र्याक’ मार्फत हेर्ने निर्णय गर्दै आगामी अक्टोबरमै पहिलो सुनुवाइको मिति घोषणा गरेसँगै ट्विटरले सो सफलता हात पारेको हो ।

मस्कको अनुरोध विपरीत ट्विटरले अक्टोबरमा ५ दिने पहिलो चरणको सुनुवाइ गरिने जनाएको हो । अदालतको उक्त निर्णयलाई कानुनविज्ञहरुले ट्विटरको पहिलो जीतको रुपमा व्याख्या गरेका छन् । चान्सरी अदालतकी मुख्य न्यायाधीश क्याथलिन सेन्ट जे म्याककोर्मिकले मंगलबार उक्त मुद्दालाई ‘फास्ट ट्र्याक’ मार्फत हेरिने निर्णय गरेकी हुन् ।

विल्मिङ्टनमा भएको सुनुवाइमा क्याथलिनले मस्कका वकिलहरुले मर्जर र अधिग्रहण जस्ता जटिल मुद्दाहरुलाई छिटो फैसला गर्न सक्ने अदालतको व्यवस्थालाई कम आँकलन गरेको बताएकी थिइन् ।

यस मुद्दामा ढिलो सुनुवाइ भएको खण्डमा कम्पनीले ठूलो क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ । ट्विटरका वकिलको लागि कुनै प्रश्नहरू नगरेकी म्याककोर्मिकले मस्कका वकिलहरुले अघि सारेको सेप्टेम्बरमा सुनुवाइ सुरु गर्ने अनुरोधलाई निराशाजन्य प्रस्तावको संज्ञा दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर