बर्दिया २ बाट रेशम चौधरी र कैलाली १ बाट रन्जिता श्रेष्ठको चुनाव लड्ने तयारी – Nepal Press

बर्दिया २ बाट रेशम चौधरी र कैलाली १ बाट रन्जिता श्रेष्ठको चुनाव लड्ने तयारी

कैलाली । आगामी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

उनले बर्दिया २ का प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरिरहेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरी बर्दिया २ र आफू कैलाली १ बाट उम्मेदवारी दिने तयारी गरिरहेको बताइन् ।

‘यहाँका नागरिकहरूको समस्या सम्बोधन र उनीहरूको जीवन स्तर सुधार गर्न कसैले पनि चासो दिएनन् त्यसैले उहाँले उम्मेदवारी दिन दिनुभएको हो’ उनले भनिन्, ‘उहाँ अहिले पनि नागरिक उन्मुक्तिको विषयमा चिन्तित हुनुहुन्छ ।’

हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यसबारे छलफल गरेको स्रोतको दाबी छ । रेशम चौधरीले बर्दिया २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने भएपछि त्यहाँ अहिले चुनावी तयारी पनि थालिएको छ ।

आजबाट बर्दिया–२ को मधुवन नगरपालिकामा एक घर, एक कार्यकर्ता पार्टी प्रवेश अभियान थालिएको छ ।

‘आज यहाँ हजारौँ नेता कार्यकर्ता नागरिक उन्मुक्तिमा प्रवेश गर्ने कार्यक्रम रहेको छ’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘म अहिले कार्यक्रम स्थलमै छु यहाँ निकै ठुलो उत्साह छाएको छ।’

टीकापुर घटनामा झुटो मुद्दा लगाएर रेशम चौधरी लगायतलाई जेलमा जान बाध्य पारेको उनले दाबी गरेकी छन् ।

२०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडपमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक जना बालकको ज्यान गएको थियो ।

उक्त घटनमा अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेको छ । उनी अहिले डिल्लीबजार कारागारमा छन् ।

रेशम चौधरीले अहिले उम्मेदवारी दिने चाहना व्यक्त गरेको क्षेत्रमा यस अघिको निर्वाचनमा माओवादी केन्द्रका नेता सन्तकुमार थारु विजयी भएका थिए ।

रेशम चौधरी भने यस अघिको निर्वाचनमा २१ हजार मतान्तरले विजयी भएका थिए ।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र पाइन् । कांग्रेसकी ईश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् ।

वारेसनामा मार्फत उम्मेदवारी दिएर २१ हजार मतान्तरले विजयी भएको क्षेत्रमा भने रन्जिता श्रेष्ठ उम्मेदवार बन्ने तयारी गरेकी छन् ।

उनी नागरिक उन्मुक्ति पार्टीको कि अध्यक्ष हुने भने रेशम चौधरीको श्रीमती हुन् ।

पुस १९ मा पार्टी दर्ता भएको थियो । पार्टी खुलेको ४ महिनामै कैलाली ४ स्थानीय तहमा विजयी भएको पार्टी अहिले उत्साहित देखिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहमा जस्तै परिणाम प्रदेश सभा र प्रतिनिधि सभामा ल्याउने दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर