नवलपरासी कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पहिलो जिल्ला घोषणा – Nepal Press

नवलपरासी कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पहिलो जिल्ला घोषणा

रुपन्देही । पश्चिम नवलपरासी कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको पहिलो जिल्ला घोषणा भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कोभिडविरुद्धको पूर्ण खोप घोषणामा नवलपरासी जिल्ला नेपालमै पहिलो बन्न सफल भएको बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले जिल्लालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको हो ।

समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी पोखरेलले ७ वटै पालिकामा रहेका १२ वर्षभन्दा माथिका सबै नागरिकहरूले खोपको मात्र पूरा गरेपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए ।

जिल्लामा ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसै गरी नियमित खोपतर्फ सोमबार नै जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको छ ।

जन्मेदेखि १५ महिनाका बालबालिकाहरूले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेकी हुन् । पूर्ण खोप घोषणा भने यसअघि अरू जिल्ला पनि भएको यादवको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर