राष्ट्रिय सभाबाट पारित तथ्यांक विधेयक एकवर्षपछि प्रतिनिधिसभामा – Nepal Press

राष्ट्रिय सभाबाट पारित तथ्यांक विधेयक एकवर्षपछि प्रतिनिधिसभामा

काठमाडौं । झण्डै एक वर्षअघि राष्ट्रिय सभाले पारित गरेको तथ्यांक विधेयक प्रतिनिधिसभामा आज प्रस्तुत भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आजको प्रतिनिधिसभा बैठकमा यो विधेयक प्रस्तुत गरेका छन् ।

तथ्यांक ऐन, २०१५ लाई प्रतिस्थापन गर्न बनेको विधेयक राष्ट्रियसभाले २०७८ साउन २१ गते पारित भएको थियो । त्यसको झण्डै एक वर्षपछि सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको हो ।

अहिले यो विधेयकका विषयमा संसदमा छलफल चलिरहेको छ । प्रतिनिधिसभाबाट पनि पारित भएपछि यो कानुनका रुपमा लागू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *