हेटौंडामा भ्यूटावर निर्माणस्थलमा वन फडानी, ७ जना पक्राउ – Nepal Press

हेटौंडामा भ्यूटावर निर्माणस्थलमा वन फडानी, ७ जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १४ को ड्राइभर डाँडामा भ्यूटावर निर्माण भैरहेको स्थानमा वन फडानी भएको छ । पर्यटकीय गन्तव्य नयाँबस्तीको डाइभर डाँडामा सामुदायिक वन मासेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

निर्माणधीन भ्यूटाबर नजिकै अवैध रुपमा साना-ठूला गरी ६७ वटा हरियो साल कटान गर्दै सामुदायिक वन मासेको आरोपमा वन समितिका ७ जनालाई पक्राउ गरिएको हो ।

चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा रुख कटानी भएको पाइएपछि पर्सा वन्यजन्तु आरक्षले हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाएको छ ।

आरक्षका सहायक वार्डेन सन्तोष भगतले रुख काटेको आरोपमा ७ जनालाई पक्राउपछि म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । उनले पक्राउ परेका ७ जनामा २ जना ज्येष्ठ नागरिक भएकाले परिवारको जिम्मा लगाएर जवानीमा छोडिएको बताए ।

अवैध रुपमा वन फडानी भएको सूचना आएपछि अनुसन्धान गर्दा वन फडानी भएको पुष्टि भएपछि उनीहरुलाई पक्राउ गरिएको भगतले बताए ।


प्रतिक्रिया

One thought on “हेटौंडामा भ्यूटावर निर्माणस्थलमा वन फडानी, ७ जना पक्राउ

  1. Ram ram sabaiko aankha bicarb nabolne jangalma kina usle sabailai bhalo garyahola nabolikana cha cha

Leave a Reply

Your email address will not be published. Required fields are marked *