ऋृषि सुनक र लिजा ट्रसको बहसकै बीचमा प्रस्तोता बेहोस !
काठमाडौं । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता तथा आगामी प्रधानमन्त्री बन्ने दौडमा रहेका ऋृषि सुनक र लिज ट्रसबीचको बहस कार्यक्रम चलाइरहेकी टेलिभिजन प्रस्तोता केट म्याकेन कार्यक्रमकै बीचमा बेहोस भएकी छन् ।
बहस कार्यक्रमकै बीचमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम केहीबेर रोकिन पुगेको अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।
हाल म्याकेनको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ । बहस ‘द सन’ र ‘टक टिभी’ ले संयुक्त रुपमा आयोजना गरेको थियो । महंगी नियन्त्रण र युक्रेनलाई कसरी सहयोग गर्ने भन्ने विषयमा बहस हुँदाहुँदै म्याकेन बेहोस भएकी थिइन् ।
घटनाको ४५ मिनेटपछि ऋृषिले हाल म्याकेनको अवस्था ठीक रहेकोमा खुशी व्यक्त गर्दै आफू उनीद्वारा संचालित अर्को बहसमा पनि आउन चाहेको बताए ।