दाइको नाममा बीबीएसको परीक्षा दिइरहेका युवक पक्राउ – Nepal Press

दाइको नाममा बीबीएसको परीक्षा दिइरहेका युवक पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारी छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरको प्रहरीले अनुगमनको क्रममा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर