यसरी कब्जा गरियो इराकको संसद भवन (तस्बिर/भिडिओ ) – Nepal Press

यसरी कब्जा गरियो इराकको संसद भवन (तस्बिर/भिडिओ )

काठमाडौं । इराकमा प्रदर्शनकारीहरूले संसद भवनमा कब्जा गरेका छन् । धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीका विपक्षी उम्मेदवारको विरोधमा सांसद भवन कब्जा गरेको बीबीसीले जनाएको छ ।

उच्च सुरक्षा क्षेत्र तोडेर संसद भवन छिरेका प्रदर्शनकारीहरू भित्रै नाचगान गरेको भिडिओसमेत सार्वजनिक भएको छ । प्रदर्शनकारीहरूले कब्जा गरेको क्षेत्रमा विभिन्न देशका दूतावासलगायतका महत्वपूर्ण भवनहरू रहेको जनाइएको छ ।

इराकमा गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जितेको थियो । यद्यपि विभिन्न राजनीतिक समूहबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन । अक्टोबरको निर्वाचनमा जित दाबी गरेको शिया धर्मगुरु सदरको दलले प्रतिद्वन्द्वीसँग सहकार्य गर्न नचाहेको कारण हालसम्म पनि इराकमा सरकार गठन हुन सकेको छैन ।

अल-सदरका समर्थकहरू नै हाल उनीविरुद्ध प्रधानमन्त्री पदमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको विरोधमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले सांसद भवन कब्जा गरेसँगै इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीहरूलाई संसद भवन छाड्न आग्रह गरेका छन् । सदरका समर्थकहरू सन् २०१६ मा पनि संसद भवन प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर