द्रौपदी मुर्मूलाई राष्ट्रपत्नी भनेपछि भारतीय संसदमा हंगामा
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई प्रमुख प्रतिपक्षी दलका नेता रञ्जन चौधरीले राष्ट्रपत्नी भनेपछि भारतीय संसदमा हंगामा भएको छ ।
सत्तारुढ दल भाजपाका महिला सांसदहरूले बिहीबार सदनमै नाराबाजी गरेका हुन् । रञ्जनको उक्त भनाइको विरोध गर्दै भारतीय कांग्रेसकी सभापति सोनिया गान्धीले माफी माग्नुपर्ने मागसहित नाराबाजी गरेकी छन् । महिला सांसदको विरोधपछि चौधरीले भुलबस आफूबाट उक्त सम्बोधन भएको तर माफी भने नमाग्ने बताए ।
‘भुलवस मैले द्रौपदी मुर्मूलाई राष्ट्रपत्नी भनेर सम्बोधन गरेँ यसका लागि मलाई फाँसी नै दिए पनि दिइयोस्, सत्तारुढ पार्टीले तिललाई पहाड बनाउन खोज्दैछ’, उनले भने ।