धनुषामा दुई जना लुटेरा पक्राउ – Nepal Press

धनुषामा दुई जना लुटेरा पक्राउ

काठमाडौं । धनुषामा साउदी अरबबाट श्रीमानले पठाएको पैसा बैंकबाट निकालेर बाटोमा हिँडिरहेका बेला महिलालाई लुटेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१ मिल्स एरियामा स्थानीय २८ वर्षीया शर्मिलादेवी यादबले बैंकबाट २ लाख रुपैयाँ निकालेर बाटोमा हिँडिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले पैसा राखेको ब्याग लुटेर लगेको भन्दै उजुरी दिएकी थिइन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रदेश २–०२–००५–प ००८५ नम्बरको मोटसाइकलमा सवार २० वर्षीय जितेन्द्रप्रसाद शाह र २१ वर्षीय दीपेन्द्र मन्डल पक्राउ परेका हुन् ।

मोटरसाइकल जितेन्द्रको दाजुको नाममा दर्ता भएको पाइएको थियो । त्यसपछि कृष्णको घरमा खानतलासी गर्दा शर्मिलादेवीको मोबाइल र ५४ हजार रुपैयाँ फेला परेको धनुषाका प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए ।

प्रहरीका अनुसार जितेन्द्रले मोटरसाइकल चलाएका थिए भने पछाडि बसेका दीपेन्द्रले महिलाको ब्याग थुतेका थिए । प्रहरीले दीपेन्द्रलाई उसकै घरबाट ७४ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *