शेयर बजारमा दोहोरो अंकको वृद्धि, करिब ५ अर्बको कारोबार – Nepal Press

शेयर बजारमा दोहोरो अंकको वृद्धि, करिब ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजारको उकालो यात्रा बिहीबार पनि कायम रह्यो । बजार १५.४४ अंकले बढेर २१२७.४५ विन्दुमा अडिएको छ । आजको दिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बढिको शेयर खरिद बिक्री भएको छ ।

आजको कारोबारमा २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको थियो । निर्जीबन बिमा, उत्पादन तथा प्रशोधन र अन्य समुहमा गिरावट आएको छ । बाँकी सबै समूहमा बढोत्तरी छ । आज विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

राष्ट्र उत्थान लघुवित्त संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर