अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा (फोटोफिचर) – Nepal Press

अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा (फोटोफिचर)

काठमाडौं । अमेरिकाको सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

लू नेपाल आउने भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

लू आज साँझ नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको आगमनलाई ध्यानमा राखेर विमानस्थलमा भीआईपी निस्किने गेट अगाडि मान्छे हिँड्न, होल्ड हुन दिइएको छैन । त्यस्तै विमानस्थल बाहिरको सुरक्षा पनि कडा पारिएको छ ।

गत मंसिरमा पनि नेपाल भ्रमणमा आएका लूले एमसीसी पारित गराउन विशेष भूमिका खेलेको बताइन्छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणको केही समयपछि नै लू नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेपनि अझैसम्म अमेरिकालाई पत्र पठाएको छैन । सत्तारुढ दलकै नेताहरु तथा प्रतिपक्षी नेकपा एमालेका नेताहरुले समेत एसपीपी कुनै अर्कै नाममा सम्झौता गर्न लागिएको भन्दै आएका छन् ।

यही बेला लूको भ्रमण एसपीपी सम्झौता गर्न सरकारलाई दबाब दिन भएको बताइएको छ ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भइसकेको छ भने अन्य भेटघाटबारे खुलाइएको छैन ।

तस्वीरहरु : उमेश कार्की 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *