अमेरिकी सहायक विदेशमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने विप्लवका ४ कार्यकर्ता पक्राउ (भिडिओ) – Nepal Press

अमेरिकी सहायक विदेशमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने विप्लवका ४ कार्यकर्ता पक्राउ (भिडिओ)

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल आगमनका क्रममा कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् ।

सहायक विदेशमन्त्री आज अपरान्ह नयाँ दिल्ली हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । त्यस क्रममा उनको विरोधमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *