नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित (भिडिओ) – Nepal Press

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।

आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा सो विधेयक पठाइएको थियो । उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरेको छ ।

विदेशबाट बिहे गरेर ल्याउनासाथ नागरिकता दिनेलगायतका विधेयकका कतिपय प्रावधानमा चौतर्फी विरोध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *