वरिष्ठ नेता पौडेलसँग भारतीय राजदूतको भेट – Nepal Press

वरिष्ठ नेता पौडेलसँग भारतीय राजदूतको भेट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले बोहोराटारस्थित निवासमै पुगेर पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

सो क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *