युवा रक्षक जुलेस कोउन्डे बार्सिलोनामा – Nepal Press

युवा रक्षक जुलेस कोउन्डे बार्सिलोनामा

काठमाडौं ।स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक जुलेस कोउन्डेलाई सेभियाबाट ५०मिलियन युरोमा अनुबन्ध गरेको छ ।

क्याटलान क्लब बार्सिलोनाले २३ वर्षीय कोउन्डेको सम्झौता भएको र अब मेडिकल टेस्ट हुने बताएको छ ।

सन् २०२१ मा फ्रान्सबाट डेब्यु गरेका कोउन्डेले ११ क्याप जितेका छन् । उनले नेसन्स लिगमा स्पेनविरुद्ध डेब्यु गरेका थिए ।

युवा रक्षकलाई भित्राउन इंग्लिस क्लब चेल्सी समेत अग्र स्थानमा रहेको थियो । कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । सन् २०१९ मा बोर्डेउक्सबाट सेभिया आएपछी कोउन्डेले युरोपा लिगको उपाधी हात पारेका थिए ।

प्रशिक्षक जाभिले कोउन्डे अघि पोल्यान्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ब्राजिल स्ट्राइकर राफिन्हा, डेनमार्क डिफेन्डर क्रीस्टेन्सनलाई अनुबन्ध गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *