बानेश्वरमा न्याय माग्दै द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार (तस्बिरहरू)
२०७९ साउन १३ गते १२:३७
काठमाडौं । माओवादी सशस्त्र युद्धताका पीडित सुरक्षाकर्मीको न्याय माग्दै धर्ना कार्यक्रम गरिएको छ ।
द्वन्द्वको क्रममा मारिएका र अंगभंग भएका सुरक्षाकर्मीका परिवारको संगठित समूहको आव्हान बानेश्वरमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले बहाल सुरक्षाकर्मीको हौसला बढ्ने गरी क्षतिपूर्ति दिइनुपर्ने, घाइते सुरक्षाकर्मीको आजीवन नि:शुल्क उपचार गर्नुपर्ने, मानवअधिकारको गम्भीर उल्लंघनका घटनालाई नजरअन्दाज गर्न नहुने माग गरेका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वपीडित सुरक्षाकर्मीको न्याय गर्न नसकेको उनीहरूको गुनासो छ ।
प्रतिक्रिया