अर्थमन्त्री प्रकरणः संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन (भिडिओ) – Nepal Press

अर्थमन्त्री प्रकरणः संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन (भिडिओ)

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद् भवनस्थित कार्यकक्ष पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदन हस्तान्तरणमा समितिका सबै सदस्यहरू उपस्थित थिए ।

त्यसपश्चात सभापति कर्णले उक्त प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पनि पेस गरेका छन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिन गर्न असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सुरूमा १० दिनको म्याद दिइएपनि काम नसकिएपछि पुन: ७ दिन थपिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *