श्रीमतीलाई प्रयोग गरेर हनी ट्रयापिङ, दम्पती पक्राउ
नेपाल प्रेस
२०७९ साउन १३ गते १६:००
काठमाडौं । श्रीमतीलाई प्रयोग गरेर हनी ट्रयापिङ गर्ने गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिना राउत रहेका छन् ।
राउतले सामाजिक सञ्जालहरूमा पुरुषहरूसँग साथी बनेर अश्लील कुरा गर्ने र त्यसैलाई आधार बनाएर बास्तोलाले बार्गेनिङ गर्ने गरेको काठमाडौं उपत्यका अनुसन्धान प्रहरी कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।
पक्राउ परेकामाथि ठगीमा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर