प्रचण्डले भने: समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन, यही गठबन्धनले शान्ति प्रक्रिया टुंग्याउँछ (भिडिओ) – Nepal Press

प्रचण्डले भने: समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन, यही गठबन्धनले शान्ति प्रक्रिया टुंग्याउँछ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक आवश्यकताले संविधान र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन कायम रहने बताएका छन् । उनले अहिले चर्चामा आएको समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न आग्रह गरे । प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’

उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताए । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’

उनले गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा जोड दिए । खासगरी ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उदार र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

प्रचण्डले थपे, ‘हामी सबैको तागतले यो सरकार बनेको हो । त्यसैले कसैले पनि एकलौटी गर्न खोज्नु हुँदैन ।’

उनले गठबन्धनमा रहेका वामपन्थीहरुबीच एउटै चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने विषयमा छलफल भइरहेको बताए । तर, समाजवादी केन्द्र बनाइहाल्ने सम्भावना नरहेको उनले प्रस्ट पारे ।

‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । समाजवादी केन्द्र बनाइहालौं भनेर छलफल पनि गरेका छैनौं । केही साथीहरुले कुरा उठाउनुभएको हो । तर, हाम्रो बैठकमा कुरा भएको होइन’, प्रचण्डले भने ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डले भने: समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन, यही गठबन्धनले शान्ति प्रक्रिया टुंग्याउँछ (भिडिओ)

  1. प्रचण्ड: ‘लेन्डुप नबर 2’ हो नेपालको लागि खटाएको !! होसियार सबै !!

  2. भारतको आदेश त्यहि छ कि अहिल्यै गठबन्धन नतोड किनकी काम धेरै लिन बाँकी छ नागरिकता जस्तै। लेण्डुप नम्बर 2 !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर