एसईईमा यस वर्षकी सर्वोत्कृष्ट विद्यार्थीमध्येकी प्रकृतिले रोजिन् जेभियर इन्टरनेशनल कलेज – Nepal Press

एसईईमा यस वर्षकी सर्वोत्कृष्ट विद्यार्थीमध्येकी प्रकृतिले रोजिन् जेभियर इन्टरनेशनल कलेज

काठमाडौं । यस वर्षको एसईई परीक्षामा सर्वाधिक अंक ४ जीपीए ल्याउने ४२ जना विद्यार्थीमध्येकी एक प्रकृति श्रेष्ठले उच्च शिक्षाका लागि जेभियर इन्टरनेशनल कलेज रोजेकी छन् । कलेजहरूले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई खोजीखोजी भर्ना गर्ने गरेकामा ४ जीपीए ल्याउने प्रकृति भने आफैं सो कलेज पुगेकी हुन् ।

विद्या व्यायाम स्कूलबाट ४ जिपिए ल्याएकी प्रकृति कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज पुगेर भर्ना भएकी छन् । पठनपाठन र विश्वस्तरीय विद्यार्थीसमेत उत्पादन गर्ने विद्यालयका रूपमा जेभियर इन्टरनेशनल स्थापित भएकाले आफूले प्लस टू अध्ययनका लागि सोही कलेज रोजेको उनले बताइन् ।

कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारी, प्रिन्सिपल गोपाल भण्डारी लगायतले प्रकृतिलाई कलेजमा स्वागत गरे । उनी साइन्स पढ्ने भएकी छन् ।

ए लेभलको परीक्षामा तीन पटक जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीले वर्ल्ड टप गरेका छन् भने प्रायः जेभियरका विद्यार्थीले ए लेभलमा नेपाल टप गरेका छन् ।

दक्षिण एशियाकै उत्कृष्ट अवाड मानिने ‘आउट स्टान्डिङ कलेज अफ द इयर’को उपाधी पाएको काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले यस वर्ष कक्षा १२ तर्फ प्राप्त गरेको उत्कृष्ट नतिजाले विद्यार्थी आकर्षित भएको भण्डारीले बताए ।

एसईईको रिजल्टसँगै विद्यार्थी र अभिभावकले जेभियर इन्टरनेशनल कलेज भ्रमण गरेर सबै जानकारी लिन सक्ने कलेज प्रशासनले जनाएको छ ।

नेपाल सरकारले तोकेको छात्रवृत्तिको कोटाका लागि पनि विद्यार्थी तथा अभिभावकले जुनसुकै बेला जानकारी लिनसक्ने कार्यकारी निर्देशक भण्डारीको आग्रह छ । उनले आफूहरू व्यवसायमात्र नभएर सेवाका लागि अग्रसर भएको भन्दै जेहेन्दार, विपन्न र उत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीका लागि जेभियर इन्टरनेशनलले सबै सुविधासहित छात्रवृति उपलब्ध गराइरहेको बताए ।

जेभियर इन्टरनेशनल कलेजले कक्षा ११ मा सर्वाधिक छात्रवृति दिने कलेजका रूपमा समेत आफूलाई स्थापित गरेको छ । नेपाल सरकारले तोकेको कोटाबाहेकका छात्रवृति समेत कलेजले प्रदान गरिरहेको छ । विशेषगरी एसईईमा राम्रो जीपीए ल्याएका विद्यार्थीले जेभियर इन्टरनेशनल कलेका विभिन्न विधाका छात्रवृत्ति पाउनेछन् ।

जेभियर इन्टरनेशन कलेजबाट प्लस टू तर्फ बोर्ड टप गरेको रेकर्डमात्र छैन, हरेक वर्ष ९० प्रतिशतभन्दा माथिको रिजल्ट निकाल्न कलेज सफल भएको छ । यहाँबाट उत्पादित विद्यार्थीले एकैपटक यसै वर्षमात्र एमबीबीएसमा ४३ जनाले नाम निकालेका छन् ।

इन्जिनियरिङतर्फ ४६ जनाले यसैपटक इन्ट्रान्समा टप गरेका छन् भने बीबीएमा पनि इन्ट्रान्स टप गरेका छन् । ए लेभलमा ३ जनाले वर्ल्ड टप र ३० जना विद्यार्थीले नेपाल टप गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर