स्थानीय चुनावमा व्यवस्थापकीय कमजोरीले २ देखि ५० मतान्तरमा ८० सिट गुमायौं: ईश्वर पोखरेल (भिडिओ) – Nepal Press

स्थानीय चुनावमा व्यवस्थापकीय कमजोरीले २ देखि ५० मतान्तरमा ८० सिट गुमायौं: ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बलियो भए सत्तारूढ गठबन्धन स्वतः कमजोर हुने बताएका छन् ।

नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चले आज नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘एमाले बलियो भए गठबन्धन स्वतः कमजोर हुन्छ । भाकल गरेर मात्र हुन्न,’ उनले भने,‘अहिले पनि सर्वाधिक मत हामीले ल्याए पनि सिटमा कमजोर भइयो ।’

एमालेकै नेता कार्यकर्ताको व्यवस्थापकीय कमजोरीले ८० सिट गुमाएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । उनले भने, ‘२ देखि ५० मतको अन्तरले ८० सिट गुमायौं । उम्मेदवारी दर्ता गर्ने बेलासम्म मान्छे तयार पार्न सकेनौं । यो पनि कमजोरी भयो ।’

पार्टीले अब ‘जित्ने मात्र होइन टिक्ने मान्छे खोज्नुपर्ने उनले बताए । ‘एमाले रोजेर आकालाई उचित जिमेवारी दिनुपर्छ । संगठननै बलियो आधार हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर