म टेलिभिजनकर्मीको ब्याज खान आएको हैन, मलाई राजनीति कसीबाट नै जाँच्नु होला : रवी लामिछाने (भिडिओ) – Nepal Press

म टेलिभिजनकर्मीको ब्याज खान आएको हैन, मलाई राजनीति कसीबाट नै जाँच्नु होला : रवी लामिछाने (भिडिओ)

काठमाडौं । लामो समयको मिडियाकर्मलाई पूर्ण विराम लगाउँदै राजनीतिमा होमिएका रवी लामिछानेले आफू टेलिभिजनकर्मीको रूपमा प्राप्त गरेको लोकप्रियताको फाइदा उठाउनको लागि राजनीतिमा नआएको बताएका छन् ।

उनले आफूलाई राजनीतिक कसीबाट नै जाँच्न सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मैले टेलिभिजनमा काम गरेको लोकप्रियताको फाइदा उठाउनको लागि चुनावी मैदानमा तपाईँसँग भोट माग्न आएको हैन । प्रतिबद्ध भएर भोट माग्न आएको छु प्रतिबद्ध साथीहरूको टिम बनाएर भोट माग्न आएको छु । टेलिभिजनमा के गरे कति गरे ? म त्यसको ब्याज खान्न । अहिलेका नेताहरूले जस्तो यती वर्ष जेल बसे भने जस्तै मैले टिभीमा यती वर्ष काम गरे भन्दिन । अब मलाई राजनैतिक कसीबाट जाँच्नु होला । राजनैतिक मन्चबाट नै हेर्नु होला । यदि मेरा प्रतिवद्दताहरु र म संलग्न पार्टीको उम्मेदवारहरू ठिक लागेको खण्डमा मात्रै तपाईँहरूले भोट गर्नुहोला  ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *