महेश बस्नेतको दाबी- चुनावपछि देउवा राष्ट्रपति, प्रचण्ड र आरजू प्रधानमन्त्री बन्ने सहमति गरेका छन् (भिडिओ) – Nepal Press

महेश बस्नेतको दाबी- चुनावपछि देउवा राष्ट्रपति, प्रचण्ड र आरजू प्रधानमन्त्री बन्ने सहमति गरेका छन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बाटोमा रहेको दाबी गरेका छन् ।

एमाले निकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनमा सँगै मिलेर जाने र त्यसपछि शेरबहादुर देउवा राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरे ।

उनले प्रचण्ड र कांग्रेस नेतृ तथा देउवा पत्नी आरजू देउवाले आलोपालो प्रधानमन्त्री बन्ने सम्मको सहमति भएको कुराहरू बाहिर आएको दाबी गरे ।

उनले भने, ‘हामीले सुनेका छौँ । प्रचण्ड देउवा र आरजू बसेर चुनावमा सँगै मिलेर जाने । अनि तिमी काले म पन निकाले सँगै मिलेर खाऊँ भाले भनेजस्तै देउवा राष्ट्रपति हुने प्रचण्ड र आरज प्रधानमन्त्री हुने ।’

उनले अगाडि भने, ‘यो देश कसैको बाउको पेवा होइन त्यो खालको इच्छा बोकेर हिँड्नुभएको छ यो धर्तीमा नेकपा एमाले छ भन्ने कुरा मनमा राखेर हिँड्नुहोला ।’

बस्नेतले पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा शक्तिको प्रयोग गरी प्रमाणहरू मेटाइएको दाबी पनि गरेका छन् । एमालेको आन्दोलन र विरोधका कारणले बजेटमाथि भएको सेटिङ छानबिनका लागि समिति बने पनि काम नभएको बताए ।

उनले भने, ‘आज संसदीय समितिले अर्थमन्त्री फेला पार्‍यो सीसीटीभी फेला पारेन । कर्मचारी फेला पार्‍यो मोबाइल फेला पारेन । मन्त्रालयमा सीसीटीभी भेट्यो तर फुटेज भेटेन । गेटमा रहेका सुरक्षाकर्मी भेट्यो तर राति ११, १२ बजे को छिर्‍यो फेला परेन । अहिलेका गठबन्धन वाला शक्तिहरू राज्य लुट्नका लागि । राज्यका स्रोत दुरुपयोग गरेर लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर