महिला अयोगकी अध्यक्ष पराजुलीकाे याचना– सरकार मलाई शान्ति सुरक्षा चाहियो ! – Nepal Press

महिला अयोगकी अध्यक्ष पराजुलीकाे याचना– सरकार मलाई शान्ति सुरक्षा चाहियो !

काठमाडौँ । महिला अयोगकी अध्यक्ष कमला पराजुलीले सरकारसँग सुरक्षाको याचना गरेकी छन् ।

आज आफ्नो सामाजिक सञ्जालमा उनले आफू असुरक्षित रहेको भन्दै सरकारसँग सुरक्षाको माग गरेकी हुन् ।

उनले आफू माथि कुनै पनि बेला कुनै पनि घटना हुन सक्ने खतरा बढेको बताएकी छन् ।

आज आफ्नो घर अगाडी आएर प्रदर्शन गरेको विषयलाई उल्लेख गर्दै उनले सरकारलाई गम्भिर ध्यानाकर्षण गराएको बताएकी छन् ।

यस्तो छ उनको स्ट्याटस
सरकार मलाई शान्ति सुरक्षा चाहियो !
म उपर कुनै पनि समय, कुनै पनि घटना हुनसक्ने सम्भावना यो परिदृश्यले सङ्केत गरेको छ ।
आज दिउँसो ५ः३० बजे तस्बिरमा भएका पेशेवर व्यक्तिहरू मेरो घर र बस्तीमा आएर मेरो विरुद्ध मनपरी तथानाम नाराबाजी गरेर आतङ्क मच्चाएका छन् । यी व्यक्तिहरू किन, कसरी , को बाट परिचालित छन् ? सरकारको गम्भिर ध्यानाकर्षण होस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर