खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प
नेपाल प्रेस
२०७९ साउन १५ गते ८:१७
काठमाडौं । खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८: १३ बजे भुकम्प गएको हो।
भूकम्पले पूर्वी पहाडी जिल्लामा धेरैबेर हलाएकाे भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद काेइरालाले बताए ।
पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।
प्रतिक्रिया