प्रेस युनियनको पहिलो बैठक- पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन सरकारको ध्यानाकर्षण – Nepal Press

प्रेस युनियनको पहिलो बैठक- पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

हालै हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शनिबार बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको विज्ञप्तिमार्फत महासचिव दीलिप पौडेलले जानकारी गराएका छन् ।

पत्रकारको तोकिएको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न सञ्चार प्रतिष्ठानलाई पनि बैठकले आग्रह गरेको छ ।

पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनर्वहाली गर्न सम्बन्धित सञ्चार गृहको ध्यानाकर्षण गर्ने पनि निर्णय बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर