नासुमारा ऐन चाहिँदैन भन्दै सिंहदरबारमा कर्मचारीको प्रदर्शन (भिडिओ) – Nepal Press

नासुमारा ऐन चाहिँदैन भन्दै सिंहदरबारमा कर्मचारीको प्रदर्शन (भिडिओ)

काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले सिंहदरबारभित्र विरोध जनाएका छन् ।

ऐनमा नायव सुब्बाहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि प्रदर्शन गरेका हुन् । कर्मचारीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।

आन्दोलनमा उत्रिएका कर्मचारीले नासुमारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाइँदैन, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमाा बढुवा हुने व्यवस्था गरलगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

कर्मचारीको पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले आन्दोलनको सुरूवात गर्नुपरेको कर्मचारीहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर