रुसी आक्रमणबाट मारिएका युक्रेनी धनाढ्य को हुन् ?
काठमाडौं । रुसले गरेको मिसाइल आक्रमणमा परेर युक्रेनकै धानढ्य व्यक्तिमध्येका एक ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको छ ।
युक्रेनको दक्षिणी सहरी माइकोलायिभमा आइतबार रूसले गरेको हवाई आक्रमणमा परेर उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ । ७४ वर्षीय ओलेक्सी वादातुर्स्की निबुलोन नामक अन्न निर्यात कम्पनीका मालिक थिए ।
किभ इण्डीपेन्डेन्टका अनुसार सन् २०२१ मा उनको कुल सम्पत्ती ४ सय मिलियन अमेरिकी डलर रहेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वादातुर्स्कीको निधनले राष्ट्रलाई ठुलो क्षति पुगेको बताएका छन् ।
दक्षिणी सहरी माइकोलायिभमा आइतबार भएको मिसाइल आक्रमणलाई सो क्षेत्रमा भएको हालसम्मकै सबै भन्दा ठुलो आक्रमण रहेको माइकोलायिभका मेयर अलेक्जेन्डर सेनकेले बताएका छन् ।