महँगी र भ्रष्टाचारविरुद्ध सडकबाट एमालेको खबरदारी (तस्बिरहरू)
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ ।
सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै सडकमा उत्रिएर एमालेले विरोध गरेको हो । गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको जनप्रदर्शन आयोजक कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले बताए ।
दैनिक उपभोग्य सामानलगायत हरेक क्षेत्रमा मूल्यवृद्धिले नागरिकको जीवन कष्टकर बनेको श्रेष्ठको भनाइ छ ।
वसन्तपुरबाट सुरू र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चका सदस्य सहभागी छन् ।
र्याली प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा समापन गर्ने कार्यक्रम छ । समापनमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।