काभ्रेस्थली घटना : घटनास्थलमा भेटियो ‘सुसाइड नोट’ – Nepal Press

काभ्रेस्थली घटना : घटनास्थलमा भेटियो ‘सुसाइड नोट’

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको घटनामा प्रहरीले ‘सुसाइड नोट’जस्तो डकुमेन्ट फेला पारेको छ ।

हत्यापछि आत्महत्याको प्रारम्भिक आशंका गरेको प्रहरीले भेटिएको डकुमेन्ट सुसाइड नोट नै भएको दाबी गरेको छ ।

‘घटना चारै जनाको हत्याजस्तो देखिँदैन । हत्यापछि आत्महत्या जस्तो भएकाले यो ३/४ पेजमा लेखिएको डकुमेन्ट सुसाइड नोट नै हो’, घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने । उनले त्यसमा के के लेखिएको छ भन्ने केही खुलाएनन् ।

’हत्यापछि आत्महत्या जस्तो देखिएकाले अहिले हामी अन्य काममा लागिरहेका छौँ’, ती अधिकृतले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *