महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र जारी गर्ने – Nepal Press

महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र हजारका दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ऋणपत्र निष्कासनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर