हेटौंडामा लागुऔषध ओनिरेक्स १४ बोत्तलसहित चार जना पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडाबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
आइतबार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले हेटौंडा ४ चिल्ड्रेन पार्कस्थित चौतारी होटलबाट एक सय एमएलको लागुऔषध ओनिरेक्स १३ बोत्तलसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा–२ बस्ने ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ बस्ने ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ बस्ने २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ, र हेटौंडा–१२ घर भई हाल वडा ११ मा बस्ने २५ वर्षीया ईशा घलान रहेकी छन् ।
उनीहरुलाई लागुऔषध ओनिरेक्ससहित पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।