भ्रातृ संगठनलाई चुस्तदुरूस्त बनाउन कांग्रेसका महामन्त्री थापाको जोड – Nepal Press

भ्रातृ संगठनलाई चुस्तदुरूस्त बनाउन कांग्रेसका महामन्त्री थापाको जोड

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सम्पूर्ण भ्रातृ संगठनहरूलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं महानगरपालिका- ८ का क्रियाशील सदस्यहरूसँग अन्तरक्रियामा उनले भ्रातृ संगठनहरूलाई आगामी संसदीय निर्वाचन लक्षित गरी परिचालन गर्न आवश्यक रहेको औंल्याए ।

महामन्त्री थापा, वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका- ८ का वडाध्यक्ष आशामान संगत, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति श्याम संगत, ७ का वडाअध्यक्ष विमल होडालगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर