भीम रावल भन्छन्- गठबन्धनका नाममा निर्दलीय अभ्यास हुन थाल्यो (भिडि‌ओ) – Nepal Press

भीम रावल भन्छन्- गठबन्धनका नाममा निर्दलीय अभ्यास हुन थाल्यो (भिडि‌ओ)

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले गठबन्धनका नाममा निर्दलीय अभ्यास भइरहेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठक अन्तर्गत ‘शपथ सम्बन्धी विधेयक’माथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन ।

‘विदेशीसँग थर्कमान भई, डरमानी, संविधान मिची, उलङ्घन गरी मनपरी गर्नेछु भन्ने चरित्र देखिन थाल्यो,’ उनले भने, ‘उदाहरणका लागि निर्वाचनमा तालमेल गर्ने कुरा गरिएको छ ।’

यही विषय अगाडि बोल्दै उनले संविधानको धारा २६९ मा समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुने व्यवस्था रहेको बताउँदै उनले भने,‘त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान छ । तर यही कुरा उलङ्घन गरेर गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *