अर्थमन्त्रीबारे ओलीको टिप्पणी- गोरु पनि लजायो ! (भिडिओ) – Nepal Press

अर्थमन्त्रीबारे ओलीको टिप्पणी- गोरु पनि लजायो ! (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन र पुनरागमनबाट गोरु समेत लजाएको टिप्पणी गरेका छन् ।

तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

‘मैले उहिले भन्या थिए, गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन भनेर,’ उनले भने, ‘यस पटक गोरु लजाउने काम सरकारले ग¥यो । भ्रष्टाचारको केस लाग्या छ, छानबिन समितिमा आफ्नै बहुमत राख्या छ, छानबिन गर्न दिएकै छैन, छानबिन भएकै छैन । कल डिटेल हटाएको छ । सिसिटिभीको फुटेज मेटाएको छ, रिभाइभ गर्दा देखिँदैन बुझिँदैन । अनि सफाइ पायो कि सफाइ पायो !’

अर्थमन्त्री शर्मामाथिको छानबिन पूर्ण नै नभएको अध्यक्ष ओलीले बताए । ‘कहाँबाट सफाइ पायो ? कल डिटेल नलिएर, लिन नदिएर गठबन्धनवालाहरूले,’ उनले थपे ।

नेपाली जनताको नैतिकता र विवेकमाथि ठूलै हमला भएको पनि अध्यक्ष ओलीले टिप्पणी गरे । उनले भने, ‘अनि फेरी अचम्म त के भने लाज सरम नमानी नेपाली जनतालाई कपि हेपेको, नेपाली जनताको नैतिकता र विवेकमाथि कत्रो हमला ! गोरु लजाउने गरी । फेरी उही मान्छे । यो गठबन्धनसँग अर्को मान्छे पनि रहेनछ । कत्रो दम्भ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *