चीनको चेतावनी अटेरी गर्दै ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सीले के भनिन् ? – Nepal Press

चीनको चेतावनी अटेरी गर्दै ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सीले के भनिन् ?

काठमाडौं । चीनको प्रतिकारलाई अटेरी गर्दै मंगलबार राति ताइवान पुगेकी अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानलाई सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

उनले ताइवानको वर्तमात परिस्थितिको कदर गर्ने जनाउँदै कसैले पनि ताइवानमाथि बल प्रयोग गर्न नहुने अभिव्यक्तिसमेत दिएकी छन् । ताइवानका राष्ट्रपति साई इंग-वेनसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै न्यान्सीले अमेरिका ताइवानको साथमा छ भन्ने सन्देश दिनका निमित्त आफूले ताइवानको भ्रमण गरेको समेत बताइन् ।

‘हामी ताइवानमाथि कसैले पनि बल प्रयोग गरोस् भन्ने चाहँदैनौं’ उनले भनिन् ताइवानमा सधैँ सुरक्षासहितको स्वतन्त्रता होस् भन्ने हाम्रो मान्यता हो यसबाट हामी कहिल्यै पछि हट्दैनौँ ।’

न्यान्सीको ताइवान भ्रमणले चीन र अमेरिकाबीच तनाव बढ्दै गएसँगै दक्षिण कोरियाले दुई देशले वार्तामार्फत शान्ति स्थापनाको प्रयास गर्न अपिल गरेको छ । ताइवानपछि दक्षिण कोरिया भ्रमण गर्ने पेलोसीको कार्यतालिका छन् ।

न्यान्सीको ताइवान भ्रमणले हाल विश्वका दुई शक्तिशाली राष्ट्र चीन र अमेरिकाबीच तनाव बढ्दै गएको छ । ताइवानलाई आफ्नो अभिन्न अंगको रूपमा लिँदै आएको चीनले न्यान्सीले भ्रमण गरेमा कडा सैन्य प्रतिकारमा उत्रने चेतावनी दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर