द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार न्याय माग्दै सडकमा (भिडिओ) – Nepal Press

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार न्याय माग्दै सडकमा (भिडिओ)

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग समावेश गर्नुपर्ने भन्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिएको छ ।

द्वन्दपीडित सुरक्षाकर्मी र परिवार संस्थाले सशस्त्र द्वन्द्व कारण जनधनको क्षति व्यहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै विधेयकमा आफूहरुको माग समावेश हुनुपर्ने जनाएका छन् ।

सशस्त्र द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको निशुल्क उपचार गर्नुपर्ने, सुरक्षाकर्मीका तर्फका द्वन्दपीडितलाई सार्कस्तरीय परिपूरण दिनुपर्ने, मानवअधिकारको गम्भीर उलंघनको परिभाषालाई पुन परिभाषित गर्नुपर्ने उनीहरूको माग छ ।

द्वन्दपीडित सुरक्षाकर्मी संगठनका उपाध्यक्ष रिता कार्कीले आफुहरुको मागका बारेमा प्रधानमन्त्री लगायतका सरोकारवाला निकायसँग छलफल गर्दा आफुहरुको माग पुरा गर्ने आश्वासन पाएको र थप दबाबका लागि आन्दोलन गर्नु परेको बताए ।

आफूहरुको माग पुरा नभए कडा संघर्षमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर